Wednesday, June 26, 2013

राजदूतावासद्वारा जापानमा रहेका नेपालीहरुलाई अपिल

२५ जुन, टोक्यो । जापानस्थित नेपाली राजदूतावासले जापानमा रहेको नेपाली समुदायलाई पर्नसक्ने समस्याबारे ध्यानाकर्षण गराउँदै एक अपिल जारी गरेको छ ।
दूतावासले मंगलबार एक बिज्ञप्ति जारी गर्दै यहाँ रहेका नेपाली समुदायको मेहेनत र परिश्रमको उच्च प्रसंसा गर्दै जापानमा नेपालीहरुले उच्च ब्यबसायीक सफलता पाएको र दुई देशवीचको सम्बन्धलाई जनस्तरमा स्थापित गर्न सफल भएको बताएको छ ।
जापानमा नेपालीहरुको संख्यामा आएको बृद्धिसागै समस्या पनि थपिन लागेको भन्दै दूतावासले केही महत्वपूर्ण बुादाहरुमार्फत् नेपाली समुदायलाई सचेत गराएको छ ।
सन् २००३ मा जारी भएको १० बर्षे राहदानी सकिन लागेको र त्यसको नविकरणका लागि दूतावासमा चाप बढ्ने भन्दै दूतावासले समस्या न्यूनीकरणका लागि नेपाली समुदाय र दूतावासवीच समन्वय र सहकार्य हुने बताएको छ ।
nepal-embassy-japanबिज्ञप्तिमा दूतावासले निम्न बुँदामा नेपालीहरुलाई अपिल गरेको छ-
१ जापान आउनुपूर्व यो देशको भाषा, सँस्कृति र रहनसहनबारे अध्ययन र अभिमूखीकरण गरी पूर्व तैयारी गरेर मात्र आउनु हुन
२ जापानको बिकसित र परिस्कृत वातावरण अनुसार आफुमा भएको ज्ञान, सीप, क्षमता र अनुभवले धान्न सक्ने वा नसक्ने, कामको प्रकृति वा सोबापत प्राप्त हुने प्रतिफल आफ्नो लागि स्वीकार्य हुने नहुने राम्रोसंग बुझेर मात्र जापान आउनु हुन ।
३ कसैको बहकाउ वा प्रलोभनमा नलाग्नु हुन
४ नागरिकता, राहदानी, जापानको रेसिडेन्स कार्ड लगायतका महत्वपूर्ण कागजातहरु सुरक्षित राख्नुहुन र अरु कसैलाई हस्तान्तरण नगर्नु हुन
५ अनुशासन र शिष्टताको नेपाली पहिचानलाई ब्यवहारमा उतार्नुहुन, स्थानिय नियम कानुन, रितिरिवाज, ब्यवहार र चालचलनको यथोचित पालना गर्नुहुन
६ जापान आउनु अघि वा आईसकेपछि कसैसंग पनि अनाधिकृत वा अलिखित लेनदेन नगर्नुहुन
७ जन्म, बिबाह दर्ता, सम्बन्धबिच्छेदको कारणबाट उत्पन्न हुने अवस्थाबारे ध्यान दिनु हुन
८ नेपाललगायतका मुलुकहरुमा रकम पठाउँदा बैंक वा कानुनी मान्यता प्राप्त रेमिट्यान्स कम्पनीबाट मात्र पठाउनु हुन
९ स्वास्थ्य लगायत अन्य बिमा अनिवार्यरुपले गर्नुहुन

No comments:

Post a Comment